बिक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौं सेलर समिटको आयोजना

बिक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौं सेलर समिटको आयोजना

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । दराज नेपालद्वारा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना गरेको छ । साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ । यस बर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।

‘दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘ह्याप्पि सेलिंग’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ,’ दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै विशेष प्राथमिकताका साथ भनिन् ।

कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि बिक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए । कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । कम्पनीका अनुसार उनीहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उनीहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल बन्नु भएको छ ।

यी हुन् दराज सेलर समिटका विजेताहरू

सेलर अफ द ईयर २०२५ : वान प्लस

मनबाटै नेपाली अवार्ड : त्रीकाया

टप एसएमई सेलर अवार्ड : स्मार्ट च्वाइस एनपी

टप ईमर्जिंग सेलर अवार्ड : ग्लेन नेपाल

दराज राइजिंग एफिलिएट अफ द ईयर : श्रृष्टि सुनुवार

टप सेलर अफ द ईयर , एफएमसीजी : र्‍होटो

फ्ल्याश सेल हिरो, एफएमसीजी :अस्टाबेरी

क्याम्पेन हिरो, एफएमसीजी : अवीबी

मोस्ट ईन्गेजिंग कन्टेन्ट क्रिएटर अफ द ईयर : सुक्शिता घिमिरे

टप सेलर अफ द ईयर, ईलेक्ट्रोनिक्स : अल्टिमा लाइफस्टाइल

फ्ल्याश सेल हिरो, ईलेक्ट्रोनिक्स : ग्रिन लाईफ एक्स्पेरियन्स

क्याम्पेन हिरो, ईलेक्ट्रोनिक्स : बिग डिजिटल

दराज एफिलिएट अफ द ईयर : एकता तन्डुकार

टप सेलर अफ द ईयर, लाईफस्टाइल : साम प्रोफाइल न्यूट्रिशन नेपाल

फ्ल्याश सेल हिरो, लाईफस्टाइल : जेम्स स्टोर नेपाल

क्याम्पेन हिरो, लाईफस्टाइल : आफ्नो पसल

दराज एक्स्प्रेस सेलर अफ द ईयर : अग्र्यानिक अनलाईन प्रा.लि

टप सेलर अफ द ईयर, फेशन : ब्राण्डहाउस

फ्ल्याश सेल हिरो, फेशन : शप मी

क्याम्पेन हिरो, फेशन : भ्यान्स

दराज मार्केटिंग सोल्युशन च्याम्पियन : सेटाफिल

दराज कस्टमर च्वाइस अवार्ड : ई मेला

दराज नेपालले यस अवसरलाई विक्रेताको उपलब्धि मात्र नभई, भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रुपमा समेत प्रस्तुत गरेको देखिन्छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना विक्रेताहरूको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालको ई–कमर्स उद्योगलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरेको छ ।

Skip This
Skip This
Logo