सांसद कुँवरको प्रश्न- देश ग्रे–लिष्टमा गयो, चिन्ता उपसभामुख हटाउनेमा मात्र ?

सांसद कुँवरको प्रश्न- देश ग्रे–लिष्टमा गयो, चिन्ता उपसभामुख हटाउनेमा मात्र ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका सांसद शेरबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वप्रति तीव्र आलोचना गर्दै देशको समसामयिक समस्याप्रति गम्भीर ध्यान नदिएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सांसद कुँवरले देश अहिले आर्थिक तथा कूटनीतिक चुनौतीको घेराभित्र रहेको अवस्थामा सरकार र ठूला दलहरू सत्ताको भागबण्डा र शक्ति प्रदर्शनमा मात्रै केन्द्रित रहेको टिप्पणी गरे ।

उनले भने, ‘अहिले देशको बारेमा बहस गर्दा ग्रे–लिष्टबाट कसरी हटाउने भन्ने विषयमा जानुपथ्र्यो । युवालाई विदेश जानबाट कसरी रोक्ने भन्नेमा जानुपथ्र्यो । सबैको चिन्ता लोकतन्त्रलाई कसरी बलियो बनाउने र बचाउने भन्ने हुनुपथ्र्यो ।’

सांसद कुँवरले अन्तर्राष्ट्रिय दातृ निकायहरूले समेत नेपालको अवस्थालाई लिएर हात उठाउने स्थिति आइसकेको बताउँदै राजनीतिक नेतृत्वको प्राथमिकता नै गलत दिशामा रहेको बताए ।

‘देश ग्रे–लिष्टमा गयो, त्यो चिन्ता उहाँहरूलाई छैन, उपसभामुखलाई कसरी हटाउने भन्ने दम्भ मात्रै छ,’ उनले भने, ‘उहाँहरूलाई कसले च्यालेञ्ज दिन सक्छ ? किन साना दलसँग डराएका छन् ?’ उनले प्रश्न गरे ।

Skip This
Skip This
Logo