वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारिता गोष्ठी सुरु

वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारिता गोष्ठी सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । भक्तपुरको कमलविनायकस्थित वागिश्वरी कलेजले आयोजना गरेको २ हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धि गोष्ठी सुरु भएको छ । वागिश्वरी कलेजको बीए दोस्रो वर्षमा पत्रकारिता विषय लिएर अध्ययरत विद्यार्थीहरुलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा सहभागि गराउने उद्देश्यले आयोजना गरिएको उक्त गोष्ठी मंगलबार सुरु भएको हो ।

पत्रकारितासम्वन्धी अन्तराष्ट्रिय क्षेत्रमा भइरहेका अभ्यास, नयाँ पद्धति, पत्रकारिता कानुन, पत्रकारिता इतिहास तथा आचारसंहिता सम्वन्धि कार्यपत्रहरु २ हप्तासम्म जारी रहने पत्रकारिताका अध्यापक पूर्ण दुवालले बताएका छन् । विद्यार्थीहरुलाई अन्तराष्ट्रिय सञ्चारमाध्ययमा काम गर्न प्रोत्साहित गर्न सो गोष्ठी सञ्चालन गरिएको उनले जानकारी दिए ।

बीए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न देशको पत्रकारिता, पत्रकारितासम्बन्धी कानुनी प्रावधान, पत्रकारिता ऐन र पत्रकारिताको इतिहासका बारेमा प्रस्तुतिकरण गर्ने बताइएको छ । मंगलबारबाट कलेजमा शुरु भएको गोष्ठीमा बिए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

सो दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धि गोष्ठीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक समाज नेपालका अध्यक्ष एवम् नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य सरोज राज गोसाईले गरेका थिए । उनले गोष्ठीमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउनु निकै प्रभावकारी हुने बताए ।

कार्यपत्र प्रस्तुत गर्दा थोरै समय लाग्ने भए पनि यसको अध्ययनमा धेरै समय लाग्ने भएकाले यसको महत्व हुने बताए । प्रेस स्वतन्त्रताको विषयमा युरोपियन देशहरुले वकालत गर्दै आए पनि गरिब निमुखा अनि मजदुर तथा किसानहरुको विषयमा लेख्न पश्चिमा मिडिया उति साह्रो स्वतन्त्र नभएको पनि जनाए । यद्यपी उनले समग्रमा विद्यार्थीहरुलाई लेख्न, विभिन्न विषयमा लेख्न र सत्यतथ्य विश्लेषण गर्न सुझाव दिए । नलेखिकन केही सम्भव नभएको धारणा व्यक्त गर्दै उनले पत्रकारिताक विद्यार्थीहरुलाई लेख्नका लागि प्रोत्साहित गरे ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले युरोपियन देशहरुमा पत्रकारसम्वन्धि अन्तराष्ट्रिय मुख्यालय रहेको र युरोपको पत्रकारिताबाट धेरै कुरा सिक्न सकिने बताए । नेपालमा प्रेस स्वतन्त्रतालाई कडाइ गर्न मिडिया काउन्सिलसम्वन्धि नयाँ व्यवस्था गर्न लागेकोमा उनले आपत्ति जनाए ।

मिडियालाई नियन्त्रण गर्ने नभइ नियमन गर्नुपर्ने तर्क राख्दै अधिकारीले बागीश्वरी कलेजले पत्रकारिताका विषयमा यस्तो गोष्ठी सम्मेलन गरेर पत्रकारिताको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिएकोमा खुशी प्रकट गरे ।

गोष्ठीको पहिलो दिन जर्मनीको पत्रकारिताका इतिहास, कानुन र आचारसंहिताको कार्यपत्र प्रस्तुत गरिएको थियो । गोष्ठीमा प्रमुख प्रस्तोताका रुपमा बीए दोस्रो वर्षमा पत्रकारिता विषय लिएर अध्ययरत विद्यार्थी श्रेया श्रेष्ठले प्रस्तुतिकरण दिएकी थिइन् । श्रेष्ठले जर्मनीको पत्रकारिता, पत्रकारितासम्बन्धी कानुनी प्रावधान, पत्रकारिता ऐन र पत्रकारिताको इतिहासका बारेमा प्रस्तुतिकरण दिएकी थिइन् ।

जर्मनीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पत्रकारिताका विद्यार्थी श्रेया श्रेष्ठले जर्मनीबाटै प्रेसको आविष्कार भएको र पत्रकारिताको उर्बर भूमीको रुपमा जर्मनी रहेको बताइन् । तर त्यहाँ पनि कार्ल माक्र्सको पालामा मिडियामा गरीबहरुको पक्षमा लेख्न छुट नभएको स्पष्ट पारिन् ।

गोष्ठीमा सभापतिका रुपमा उपस्थित वागिश्वरी कलेज मानविकी संकायका विभागिय प्रमुख राजन फेलुले स्वागत मन्तव्य प्रदान गरेका थिए । फेलुले वागिश्वरी कलेजले यसअघि पनि अतिरिक्त गतिविधिका रुपमा विभिन्न अन्तरक्रिया कार्यक्रम, फिल्ड भिजिट र प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । उनका अनुसार वागिश्वरी कलेजले हाल पनि विद्यार्थीहरुलाई ४ नन क्रेडिट कोर्समार्फत् निः शुल्क तालिम दिइरहेको छ ।

कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरु लक्मी तामाङ्गले टिप्पणी गरेकी थिइन् भने जेनिस बाडेले कार्यक्रम सञ्चालन गरेका थिए । गोष्ठीको अन्त्यमा वागिश्वरी कलेज मानविकी संकायका विभागिय प्रमुख राजन फेलुले गोष्ठीका प्रमुख अतिथि र विशिष्ट अतिथिलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।

Skip This
Skip This
Logo