काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विद्युतीय सवारीसाधनहरु अब नेपालमै उत्पादन गर्न निजी क्षेत्रसँग अनुरोध गरेका छन् ।
भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ का अवसरमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नाडाले आयोजना गरेको ‘ड्राइभिङ द फ्युचरः इभी एडप्सन इन नेपाल’ विषयक प्यानल डिस्कसन कार्यक्रममा सचिव राउतले ईभी नेपालमै उत्पादन गर्नसमे देशले भोगिरहेको व्यापार घाटा पनि कम हुने बताएका हुन् ।
‘अहिले हामीले १८ खर्बमाथिको आयात गर्दा ३ खर्ब हारहारीमात्रै निर्यात गरिरहेका छौं, व्यापारघाटा नै १५ खर्ब २७ अर्ब छ’ सचिव राउतले भने, ‘आयात हुने वस्तुको पहिलो नम्बरमा नै पेट्रोलियम पदार्थ र ३/४ नम्बरमै गाडी छ, नेपालमै इभी उत्पादन गर्न सके हामीले इन्धनको खपत कम गर्न सक्छौं र व्यापारघाटा कम हुन्छ ।’
उनले इभीका विषयमा नयाँ कानून बन्ने चरणमा रहेको र नयाँ कानूनले अहिले देखिएका समस्याहरु पनि समाधान हुने बताए ।































प्रतिक्रिया