काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकमा भारत र चीनबीच भएको सहमतिबारे सरकारको धारणा माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले उक्त सहमतिमा आपत्ति जनाउँदै सरकारको कदमबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।
उनले भने, ‘यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै नेपालको हितमा एकजुट हुनको लागि हाम्रो दलको तर्फबाट अनुरोध गर्छौँ।’































प्रतिक्रिया