उपसभामुख प्रकरणमा ‘इमोसनल ब्ल्याकमेल’ गर्न आवश्यक छैन – सांसद योगेश भट्टराई

उपसभामुख प्रकरणमा ‘इमोसनल ब्ल्याकमेल’ गर्न आवश्यक छैन – सांसद योगेश भट्टराई

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरको विषयमा ‘इमोसनल ब्ल्याकमेल’ गर्न आवश्यक नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा सांसद भट्टराईले जनजाति महिला भन्दै ‘इमोसनल ब्याकमेल’ गर्न आवश्यक नभएको भन्दै राना हटेर दलित महिला, मधेसी महिला र अन्य जनजाति महिला आउन सक्ने बताएका हुन् । उनले प्रश्न गर्दै भने, ‘जनजातिको कुरा गर्ने माननीयहरूले सुवास नेम्वाङलाई राष्ट्रपतिमा मत राख्नुभएन । अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा मत हाल्नुभएन ।’

भट्टराईले आचरणमाथि प्रश्न उठेपछि त्यसबारे स्पष्ट पार्न र प्रश्न पुष्टि भएमा हटाउन संविधानको धारा ९१ को व्यवस्था राखिएको बताए । त्यो धारामा सभामुख र उपसभामुखलाई आचरणमाथि प्रश्न उठेपछि दुई तिहाइ मतले हटाउन सक्ने प्रावधान छ ।

Skip This
Skip This
Logo