काठमाडौं । हेयर स्टाइलिस्ट नील डेभिड कटुवाल प्रतिष्ठित ‘फिस्ट इन्डिया बिजनेस अवार्ड’बाट सम्मानित भएका छन् ।
हेयर स्टाइलको क्षेत्रमा लोकप्रियता कमाइरहेका कटुवालले हालै सिलीगुडीमा आयोजित फिस्ट इन्डिया बिजनेस अवार्ड–२०२५ मा मेकअप एन्ड स्टाइलिङ विधामा बिजनेस एक्सिलेन्स अवार्ड चुमेका हुन् ।
उनी सोही शहरमा सम्पन्न फेसन, आर्ट एन्ड लाइफस्टाइल अवार्ड अफ इन्डिया–२०२५ मा समेत पुरस्कृत भएका छन् । कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। जसअन्तर्गत उनको नील डेविड्स सलुनले बेस्ट सलुन चेन अफ नर्थ बंगाल–२०२५ को अवार्ड प्राप्त गर्न सफल भएको हो ।
झापाका कटुवालले यसरी एकै साताभित्र भारतका दुई प्रतिष्ठित अवार्ड जितेका हुन्। नेपाल र भारतका विभिन्न शहरमा सञ्चालनमा रहेका उनका नील डेविड्स युनिसेक्स सलुन लोकप्रिय छन्।





























प्रतिक्रिया