काठमाडौं । काठमाडौं महानगरपालिकाका घरधनी र संस्थाहरूले घर बहाल कर वडा कार्यालयमा बुझाउनुपर्ने भएको छ ।
महानगरले घर बहाल कर आफैं सङ्कलन गर्ने निर्णय गरेसँगै काठमाडौंका हरेक घरधनी र संस्थाहरुले घर बहाल कर वडा कार्यालयमा बुझाउनुपर्ने भएको हो । लामो समयदेखिको अन्योल र कानुनी विवादलाई अन्त्य गर्दै सर्वोच्च अदालतले स्थानीय तहको अधिकारको पक्षमा फैसला गरेपछि महानगरले सो निर्णय कार्यान्वयन गर्न आफ्ना सबै वडा कार्यालयहरूलाई परिपत्र गरेको हो ।
महानगरको राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार सर्वोच्चको फैसलाअनुसार बहाल कर सङ्कलन गर्न/गराउन सम्पूर्ण वडाहरूलाई निर्देशन दिँदै पत्र पठाइसकिएको छ ।
पत्रमा भनिएको छ, ‘सम्मानित अदालतको संयुक्त इजलासको फैसला बमोजिम त्यहाँ वडा अन्तर्गत करदाताहरूले तिर्नु/बुझाउनु पर्ने बहाल कर (संस्थागत बहाल कर समेत) सम्बन्धित वडा कार्यालयबाट सङ्कलन गर्नु/गराउनु हुन अनुरोध गरिन्छ ।’





























प्रतिक्रिया