बैंक अफ चाइनाद्वारा सानिमा बैंकलाई नेपालका लागि एजेन्ट बैंकको रूपमा नियुक्त

बैंक अफ चाइनाद्वारा सानिमा बैंकलाई नेपालका लागि एजेन्ट बैंकको रूपमा नियुक्त

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआईएम) ले सानिमा बैंक लिमिटेडलाई दुई ठूला जलविद्युत परियोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रूपमा नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौता सीईएक्सआईएम बैंकको सिचुआन शाखामा आयोजित विशेष कार्यक्रममा सम्पन्न भएको हो ।

सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्जाल र सीईएक्सआईएम बैंक सिचुआन शाखाकी उपाध्यक्ष यानहुईले हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात सानिमा बैंकले मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट)–१ परियोजनाका लागि एजेन्ट बैंकका रूपमा काम गर्नेछ ।

समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, सीईएक्सआईएम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेङग्रोङ तथा एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लिआयो बिनको समेत उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले एजेन्सी बैंकको रूपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गरेकोमा सबै सरोकारवालाहरु प्रति आभार व्यक्त गरे । उनले उर्जा जलबिद्युत, व्यापार पूर्वाधारलगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।

त्यसैगरी सीईएक्सआईएम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यको लागि सानिमा बैंकको भुमिका महत्वपूर्ण हुने भन्दै यी परियोजनावाट प्राप्त अनुभवबाट भविश्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने बताए ।

Logo