तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
6
Shares

२०८२ भाद्र ०८ देखि १४ सम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो हप्ता मेष राशिका लागि शुभ रहनेछ। महत्वाकांक्षा पूरा गर्ने अवसर मिल्नेछ। नयाँ सम्पर्क र चिनजानले फाइदा दिनेछन्। घरमा धार्मिक कार्यको वातावरण रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। विदेशमा काम गर्ने वा व्यापार गर्नेले आम्दानीमा वृद्धी हुनेछन्। दार्शनिक वा आध्यात्मिक विषयतर्फ आकर्षण बढ्नेछ।

विपरीत लिङ्गप्रति आकर्षण बढ्ने संकेत छ। विनम्रता र राम्रो बोलीको कारण कार्यक्षेत्रमा सम्मान मिल्नेछ। बेरोजगारका लागि रोजगार पाउने सम्भावना छ। करियर र व्यापारमा मनपर्ने नतिजा प्राप्त हुनेछ। विद्यार्थीलाई पढाइमा सफलता मिल्नेछ। ऋण तिर्ने वा आर्थिक सहजता ल्याउने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखद रहनेछ तर विवाहेतर सम्बन्ध वा अनुचित सम्पर्कबाट टाढा रहनु आवश्यक छ।

केही मानिसहरूले आरोप लगाउने प्रयास गर्न सक्छन्। आफ्नो दिनचर्या असन्तुलित हुन नदिनुहोस्। कमीशन वा बिचौलियासँग सम्बन्धित काममा सावधानी अपनाउनुहोस्। सवारीसाधनका कागजात सुरक्षित राख्नुहोस्। महिलाले स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ, विशेषगरी यूरिन इन्फेक्सन वा पेटसम्बन्धी समस्या आउन सक्छ।

प्रशस्त पानी र फाइबरयुक्त खाना खानु लाभदायक हुनेछ। अनावश्यक वादविवादबाट बच्नुहोस्। हप्ताको अन्त्य महत्वपूर्ण कामका लागि त्यति अनुकूल छैन।

उपाय- हनुमान चालिसा तथा सुंदरकाण्डको पाठ गर्नु लाभदायक हुनेछ।

वृष राशि

याे साता उतार–चढावसहितको समय रहनेछ। सप्ताहको सुरुवात केही नकारात्मक परिस्थिति बीच हुनेछ, जसमा आत्मविश्वासमा कमी आउन सक्छ। प्रियजन वा नजिकका साथीहरूसँग सानो मनमुटाव वा विवाद हुनसक्छ। तर मध्य र अन्त्यतिर परिस्थिति सकारात्मक बन्दै जानेछ।

आर्थिक स्थिति मजबुत बन्नेछ, संतानसम्बन्धी समस्याको समाधान हुनेछ। व्यापार वा करियरमा विस्तारको योजना बन्नेछ र विदेशबाट लाभ पाउने सम्भावना छ। राजनीति वा समाजसेवामा संलग्न व्यक्तिहरूलाई सफलता मिल्नेछ। सम्बन्धहरूमा नजिक्यता बढ्नेछ र अविवाहितलाई विवाह प्रस्ताव वा प्रेम प्रवेशको अवसर मिल्ने संकेत छ। पारिवारिक सहयोग र वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ।

नयाँ काम वा प्रोजेक्टलाई अघि बढाउन अनुकूल समय छ। यो हप्ता करियर र कारोबारमा कहिले सहज त कहिले चुनौतीपूर्ण परिस्थिति आउन सक्छ। धैर्य र विवेकपूर्वक काम गर्ने हो भने सफलता प्राप्त हुनेछ। हताश भएर समस्याबाट भाग्ने गल्ती नगर्नुहोस्। बजेट व्यवस्थापनमा ध्यान दिनुपर्छ, किनभने हप्ताको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ।

स्वास्थ्य र सम्बन्ध दुबैमा सावधानी आवश्यक छ।खानपानमा शुद्धता नअपनाउँदा स्वास्थ्यमा समस्या देखिन सक्छ, विशेषगरी कमर दुखाइ वा सामान्य रोगले सताउन सक्छ। समग्रमा, यो हप्ता धैर्य, आत्मविश्वास र विवेकपूर्वक चल्ने हो भने वृष जातकको लागि लाभकारी बन्नेछ।

उपाय- दैनिक रूपमा शिवमहिम्न स्तोत्रको पाठ गर्नुहोस्, यसले मानसिक शान्ति र सफलता दिलाउनेछ।

मिथुन राशि

याे साता सामान्यतया शुभ रहने देखिन्छ। घर–परिवारदेखि करियर र व्यापारसम्म अधिकांश कुराहरू अनुकूल रहनेछन्। तर, अति उत्साहमा कुनै गल्ती हुन सक्ने सम्भावना भएकाले बोलचाल र व्यवहारमा सावधानी अपनाउनु जरुरी छ। तपाईंले भन्ने कुरा अरूले फरक रूपमा बुझ्न सक्ने भएकाले स्पष्टता कायम राख्नुहोस्।

सप्ताहको प्रारम्भतिर करियर वा व्यापारका सिलसिलामा लामो दूरीको यात्रा हुने सम्भावना छ, जसले नयाँ सम्पर्कहरू बढाउनेछ। विद्यार्थीहरूलाई प्रतियोगिता वा परीक्षामा उपलब्धि मिल्ने संकेत छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ।

सप्ताहको उत्तरार्धमा खानपान र दिनचर्यामा विशेष ध्यान दिनुपर्छ। मौसमी रोग वा सामान्य स्वास्थ्य समस्या देखिन सक्छ। पारिवारिक दृष्टिले हप्ता सामान्य रहनेछ। परिवारमा प्रेम र सद्भाव रहनेछ। प्रेमसम्बन्ध प्रगाढ हुनेछन् र लभ पार्टनरसँग निकटता बढ्नेछ। परिवारका ज्येष्ठ सदस्यको आशीर्वाद र समर्थन प्राप्त हुनेछ।

व्यापारिक काममा बजारमा राम्रो लाभ हुने संकेत छ। नयाँ आयस्रोत खुल्ने सम्भावना छ। धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइनेछ। उच्च पदस्थ व्यक्तिसँग महत्वपूर्ण कुराकानी वा मिटिङ हुनेछ। कृषिक्षेत्र वा जमिनसाङ संलग्न व्यक्तिलाई आय वृद्धिको अवसर मिल्नेछ। जीवनसाथीसँग सम्बन्ध मधुर रहनेछ। सहकर्मीहरूको सहयोगले कार्यक्षेत्रमा सहजता मिल्नेछ।

केही मानिसहरूले तपाईंको विनम्रतालाई कमजोरी ठान्न सक्छन्। वादविवादमा नफस्नुहोस्, तर आफ्ना हितहरूमा सम्झौता पनि नगर्नुहोस्। स्वास्थ्यमा समस्या देखिएमा चिकित्सकको सल्लाहबिनै औषधि सेवन नगर्नुहोस्। व्यापारिक क्षेत्रमा प्रतिस्पर्धा कडा हुने सम्भावना छ। व्यक्तिगत सम्बन्धबारे अरूको सल्लाह बढी लिनु हानिकारक हुनसक्छ।

उपाय- प्रत्येक दिन गणेशजीलाई दूबो अर्पण गरी गणेश चालीसा वा गणेश अथर्वशीर्ष पाठ गर्नु लाभकारी हुनेछ ।

कर्कट राशि

याे साता सावाधानीका साथ काम गर्नुपर्ने देखिन्छ । करियर वा व्यापारमा सानो लापरवाहीले धन र मान–प्रतिष्ठामा हानि पुर्‍याउन सक्छ। कुनै पनि कामलाई अलस्यतामा नढाल्दै समयमै पूरा गर्नु बुद्धिमानी हुनेछ।

सप्ताहको मध्यतिर जागिरेहरूलाई अतिरिक्त कामको बोझ बढ्ने सम्भावना छ। सहकर्मी वा अधीनस्थको अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुनसक्छ। पारिवारिक जीवनमा पनि समय दिन नसक्दा असन्तुष्टि आउन सक्छ। हप्ताको उत्तरार्धमा सुख–सुविधाका वस्तुमा अत्यधिक खर्च हुने सम्भावना छ जसले बजेट बिगार्न सक्छ।

लामो दूरीको यात्रा गर्ने योग पनि देखिन्छ। सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस्, साथै सामान हराउने वा बिग्रने सम्भावनाले सचेत रहनुहोस्। प्रेम सम्बन्धमा पनि सतर्कता आवश्यक छ, उतावलीपन वा देखावटी व्यवहारले समस्या ल्याउन सक्छ।

राजनीतिसँग जोडिएका व्यक्तिको प्रतिष्ठा पार्टीभित्र बढ्नेछ। ठुलाहरूको परामर्श अत्यन्तै लाभदायक रहनेछ। प्राविधिक विषय, विशेषगरी एआई र प्रोग्रामिङ अध्ययनरत विद्यार्थीलाई करियरका नयाँ अवसर प्राप्त हुने सम्भावना छ। क्षमताहरूलाई पहिचान गरी समयको सदुपयोग गर्नुपर्नेछ।

बुद्धिमान र सकारात्मक सोच भएका व्यक्तिहरूसँग समय बिताउँदा प्रेरणा मिल्नेछ। भाइबहिनीसँगको सम्बन्ध मधुर रहनेछ। नयाँ काम सुरु गर्नुअघि राम्ररी योजना बनाउन आवश्यक छ।

मित्रको मूर्खतापूर्ण सल्लाहले नोक्सानी गराउन सक्छ, त्यसैले सबैको सल्लाह नलिई विश्वसनीय व्यक्तिको मार्गदर्शन मात्र लिनुहोस्। सोशल मिडियामा केही पोस्ट गर्दा सचेत रहनु आवश्यक छ। प्रेम सम्बन्धमा अत्यधिक भावुक नबन्नुहोस्, यसले करियर र छविमा असर पुर्‍याउन सक्छ।

समग्रमा, यो हप्ता कर्कट जातकका लागि मिश्रित फल दिनेछ। कार्यक्षेत्रमा विवाद, अचानक खर्च र पारिवारिक सम्बन्धमा गलतफहमी देखिनसक्छ। धैर्य, संयमता र सचेततापूर्वक अघि बढ्न सकिएमा फाइदा हुनेछ।

उपाय- दैनिक शिवलिङ्गमा तामाको लोटाबाट जल चढाउनुहोस् र शिव चालीसा वा शिवमहिम्न स्तोत्र पाठ गर्नुहोस्।

सिंह राशि

यो हप्ता शुभ र सौभाग्यशाली रहनेछ । करियर र व्यापारमा मनोकामना पूरा हुने सम्भावना छ। साझेदारीमा लाभ हुनेछ र प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बन्नेछन्। सवारीसाधन, जग्गा वा सम्पत्ति किन्ने सपना पूरा हुन सक्छ। पैतृक सम्पत्ति प्राप्तिको योग छ। पारिवारिक जीवनमा सुख–शान्ति रहनेछ, वैवाहिक जीवनमा मधुरता आउनेछ।

यो हप्तामा यात्राको योग छ जसले नयाँ अनुभवहरू दिनेछ। मिडिया वा सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिका लागि विशेष लाभदायक समय हुनेछ। घरमा खुसी र आनन्दको वातावरण रहनेछ। सन्तानसँग व्यवहारमा मिठास कायम गर्नुहोस्। निर्माण वा रचनात्मक काममा उल्लेखनीय प्रगति हुनेछ।

ससुराली परिवारमा शुभ कार्य वा उत्सव हुने सम्भावना छ। पुराना अधुरा काम साथीहरूको सहयोगमा पूरा हुनेछन्। व्यवसायमा नयाँ प्रयोग गर्दा सफलता मिल्नेछ।

सप्ताहको सुरुमा प्रेमी वा जीवनसाथीसँग सामान्य विवाद हुनसक्छ। जीवनसाथीको भावनालाई सम्मान दिनु आवश्यक छ। हप्ता केही उतार–चढावयुक्त रहने भएकाले ठूलो जोखिम वा प्रयोग तत्काल नगर्नु उत्तम हुनेछ। फर्जी फोन कल वा छलकपटको सम्भावनाले सचेत रहनुपर्छ। जग्गा–जमिन वा सम्पत्ति सम्बन्धी लेनदेनमा सावधानी अपनाउनुहोस्।

मनको कुनै इच्छा पूरा नहुँदा निराशा आउन सक्छ।सप्ताहको मध्यतिर करियर र प्रशासनिक काममा लाभ हुने योग छ। सरकारी निर्णयबाट फाइदा मिल्ने सम्भावना छ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ र परीक्षा–प्रतियोगितामा सफलता पाउनेछन्। स्वास्थ्य सामान्य रहनेछ।

पारिवारिक तथा सामाजिक सम्बन्धहरूमा निकटता बढ्नेछ। यदि कसैसँग मनमुटाव भइरहेको छ भने मित्रको सहयोगमा गलतफहमी हट्नेछ र सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता र खुसी आउनेछ।समग्रमा, सानो समस्या वा उतार–चढावलाई बेवास्ता गर्न सके यो हप्ता सिंह जातकका लागि अत्यन्तै लाभदायक र फलदायी बन्नेछ।

उपाय- श्री विष्णु सहस्रनामको पाठ गर्नु लाभदायक हुनेछ।

कन्या राशि

याे साताले मिश्रित परिणाम दिनेछ । आधा मनले काम गर्दा असफलता आउन सक्छ, त्यसैले सम्पूर्ण ध्यान र लगनसाथ काम गर्नुहोस्। आर्थिक सहायता वा धनसम्बन्धी लाभमा ढिलाइ हुन सक्छ।

साताको मध्यतिर अचानक यात्रा गर्नुपर्ने योग छ, जसमा स्वास्थ्यप्रति विशेष ध्यान दिन आवश्यक हुनेछ।नोकरीपेशा मानिसहरूलाई यस हप्तामा चुनौतीहरूको सामना गर्नुपर्न सक्छ। वरिष्ठ वा अनुभवी सहकर्मीहरूले तपाईंलाई उत्साहित गर्नेछन्। आफ्ना लक्ष्यप्रति दृढ रहनुहोस्। व्यापारमा नयाँ स्वरूप वा योजना ल्याउन सक्नुहुन्छ। तर, हप्ता उतार–चढावयुक्त रहने भएकाले जोखिमपूर्ण लगानी गर्दा सोचविचार गरेर मात्र अघि बढ्नुहोस्। कला, सौन्दर्य र डिजाइन क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय शुभ हुनेछ। मेहनतको परिणाम स्वरूप लाभ पाउनुहुनेछ।

छात्र वर्गमा, विशेषगरी मेडिकलका विद्यार्थीहरूलाई केही कठिनाइको सामना गर्नुपर्न सक्छ। बेरोजगार युवाहरूलाई रोजगारीको चिन्ता सताउन सक्छ। पुराना मित्रहरूसँग सामान्य विवाद वा मनमुटाव हुनसक्छ, त्यसैले आफ्नो बोलीमा मिठास राख्नुहोस्। पारिवारिक जीवनमा जीवनसाथीसँग अनावश्यक जिद्दीपन वा कठोर व्यवहार नगर्नुहोस्।

बुधबारको दिन सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस्।हप्ताको सुरुवातमा घर–परिवारका सामान्य समस्याले तपाईंको ध्यान भंग गर्न सक्छ। अनावश्यक काममा समय खर्च गर्ने प्रवृत्तिले तपाईंलाई मूल लक्ष्यबाट टाढा पुर्‍याउन सक्छ। कार्यालय वा कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहने सम्भावना छ, त्यसैले योजना समयअघि कसैलाई नबोल्नुहोस्।

हप्ताको मध्यतिर पुरानो रोग वा मौसमी स्वास्थ्य समस्या देखा पर्न सक्छ। यसबाहेक, केही आकस्मिक खर्चले बजेट असन्तुलित बनाउन सक्छ।प्रेम र सम्बन्धको दृष्टिले यो हप्ता सावधानीपूर्वक चल्नु पर्नेछ। बोलीमा कठोरता आएमा सम्बन्ध बिग्रन सक्छ। प्रेमी/प्रेमिकाको भावनाको कदर गर्नुहोस्। वैवाहिक जीवनमा मधुरता कायम राख्न जीवनसाथीको आवश्यकता र संवेदनशीलतालाई बुझ्ने प्रयास गर्नुहोस्।

उपाय- दैनिक “नारायण कवच”को पाठ गर्नुहोस्।

तुला राशि

यो साता उतार–चढाव मिसिएको समय रहनेछ । कर्मक्षेत्रमा तपाईंको मेहनत अनुसारको परिणाम प्राप्त हुनेछ। सरकारी काम, कागजी प्रक्रिया वा अदालतसँग सम्बन्धित काममा प्रगति हुनेछ। नोकरीपेशा गर्नेहरुले उच्च पदाधिकारीसँग राम्रो सम्बन्ध बनाउन सक्नेछन्।

व्यापारी वर्गलाई नयाँ सम्झौता वा साझेदारीबाट लाभ मिल्ने संकेत छ। सामाजिक र पारिवारिक जीवनमा तपाईंको प्रतिष्ठा बढ्नेछ। प्रेम र वैवाहिक जीवनमा सामञ्जस्य रहनेछ। विद्यार्थीहरूलाई अध्ययनमा उत्साह बढ्नेछ र प्रतियोगितामा राम्रो परिणाम आउनेछ।हप्ताको सुरुवातमा सोचेका काम समयमै पूरा नहुनाले मन खिन्न हुन सक्छ।

साना-साना काम पूरा गर्न पनि बढी समय लाग्नेछ।कार्यक्षेत्रमा विरोधीहरू तपाईंमाथि प्रभुत्व जमाउने प्रयास गर्नेछन्।सीनियरको सहयोग अपेक्षाकृत कम पाइनेछ।काममा विवाद नगरी लक्ष्यमा ध्यान दिनुहोस्।हप्ताको मध्यतिर आर्थिक दृष्टिले केही समस्या देखिनेछ।स्वास्थ्य, सम्पत्ति र सम्बन्धमा चुनौतीहरू आउन सक्छ । आफ्न्तबाट विरोध झेल्नुपर्ने स्थिति आउन सक्छ।कुल मिलाएर पारिवारिक सम्बन्धमा केही असन्तुलन रहन सक्छ।हप्ताको अन्त्यतिर सम्बन्ध फेरि सामान्य हुनेछन्।

सप्ताहको उत्तरार्धमा कुनै वरिष्ठको सल्लाहले ठूलो समस्याको समाधान पाउन मद्दत गर्नेछ।परिवारसँग राम्रो व्यवहार कायम रहनेछ।अनावश्यक खर्च बढ्ने सम्भावना छ, त्यसैले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्। स्वास्थ्यका दृष्टिले पेट तथा छालासम्बन्धी समस्या देखिन सक्छ।

परिवारमा सामान्य विवाद वा मतभेदको स्थिति बन्ने सम्भावना छ। वाणीमा संयम नअपनाए अपमान बेहोर्नु पर्ने स्थिति आउन सक्छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।

उपाय- प्रत्येक बिहान सूर्यलाई जल चढाउनुहोस् र “ॐ आदित्याय नमः” मन्त्र जप गर्नुहोस्।

वृश्चिक राशि

हप्ताको शुरुवातमा तपाईंको मनोकामना पूरा हुनसक्छ।यो हप्ता रोमान्टिक मूड रहनेछ।शरीर बलियो रहनेछ र आँखा सम्बन्धी समस्या समाधान हुनेछ।धेरै जातकहरूका लागि हप्ताभर आनन्दपूर्ण समय रहनेछ।परिवारमा सुख र शान्तिको वातावरण रहनेछ।माता-पिता आफ्ना बच्चाहरूको उपलब्धिमा गर्व गर्नेछन्।नव दम्पतिले रोमान्टिक यात्रा योजना गर्न स्क्छ्न ।

विदेशमा काम गर्नेहरूले कुनै कारणले स्वदेश फर्कनुपर्ने हुन सक्छ।पर्याप्त निद्रा लिनुहोस्, नभए स्वास्थ्यमा समस्या आउन सक्छ।शेयर मार्केटमा ठूलो लगानी गर्नु अघि विशेषज्ञको सल्लाह लिनुहोस्।जीवनसाथीलाई खुसी पार्न कहिलेकाहीँ महँगो उपहार किन्नुपर्ने हुन सक्छ।करियर र कारोबारमा अनुकूलता रहनेछ।विभिन्न क्षेत्रमा मनचाही सफलता प्राप्त हुनेछ।

नयाँ आम्दानीका स्रोत बन्नेछन्, आर्थिक स्थिति बलियो हुनेछ।बेरोजगारले रोजगारीको अवसर पाउनेछन्।नयाँ व्यवसाय योजना सफल हुनसक्छ।हप्ताको मध्यतिर स्वास्थ्यमा ध्यान दिनुपर्नेछ, अत्यधिक काम वा मौसमी रोगले असर पार्न सक्छ।खानपान र दिनचर्या सन्तुलित राख्नु आवश्यक छ।व्यवसायीहरूले विशेष लाभ पाउनसक्छन्।धनको लेनदेन र लगानीमा सावधानी अपनाउनुहोस्।

समय व्यर्थ नगुमाउँदै ऊर्जा सही दिशामा लगाउनु लाभदायी हुनेछ।सम्बन्ध र पारिवारिक जीवन अनुकूल रहनेछ।प्रेमी/प्रेमिकासँग सुखद समय बित्नेछ।भूमि वा भवनको लाभ हुने सम्भावना छ।

उपाय- प्रतिदिन हनुमानजीको पूजा गर्दै ‘हनुमान चालीसा’ सातपटक पाठ गर्नु लाभदायी हुनेछ।

धनु राशि

याे साता कामकाजमा केही ठूलो परिवर्तन वा चुनौती आउन सक्छ। आफ्नो काममा लापरवाही नगर्नुहोस् किनभने आलस्य र घमण्डले तपाईंको प्रगतिको मार्गमा बाधा पुर्याउन सक्छ।

सहकर्मी र वरिपरिका मानिससँग सहयोग गर्दै काम गर्नु लाभदायक रहनेछ।सप्ताहको उत्तरार्धमा भाग्यले पूर्ण सहयोग नदिन सक्छ जसले गर्दा केही मामिलामा सफलता नपाउन सक्ने सम्भावना छ। यस समय तपाईंको मन केही समस्याले खिन्न रहन सक्छ। तर, शुभचिन्तकको सहयोगले कठिन परिस्थितिहरू सहज बनाउनेछ र सप्ताहको अन्त्यसम्म अवस्था तपाईंको पक्षमा हुनेछ।

व्यवसायसम्बन्धी निर्णयहरू यस सप्ताहमा विशेष सावधानीपूर्वक लिनु आवश्यक छ। बजारमा उतार-चढाव रहन सक्छ; एक दिन लाभप्रद र अर्को दिन घाटा आउने सम्भावना छ। त्यसैले कुनै पनि योजना वा कारोबारमा पैसा लगाउँदा सोच-विचार गरेर मात्र लगाउनुहोस्। लेनदेन सम्बन्धी मामिला सकेसम्म छिटो समाधान गर्नु लाभदायक हुनेछ। शनिबार ठूलो व्यवसायिक सम्झौता नगर्नु उपयुक्त हुन्छ।

परीक्षा र प्रतियोगिताको तयारीमा यो समय मेहनत आवश्यक पर्नेछ। सफलता प्राप्तिका लागि अतिरिक्त प्रयास र निरन्तर अभ्यास आवश्यक छ। प्रेम सम्बन्धमा पनि सावधानी अपनाउनुहोस्, अचानक निर्णय वा भावनामा बहकिँदा समस्याहरू सिर्जना हुन सक्छन्।

करियरको दृष्टिले सप्ताह राम्रो रहनेछ। कार्यक्षेत्रमा नयाँ अनुभव र अवसर प्राप्त हुनेछन्। इच्छित स्थानमा स्थानान्तरण सम्भावना छ। सरकारी जागिरमा उच्च पद प्राप्तिको सम्भावना पनि देखिन्छ। तर, उच्च पदस्थ व्यक्तिबाट अपमान वा सहकर्मीहरूको ईर्ष्या बढ्न सक्छ।

मार्केटिङ वा व्यापार सम्बन्धी काममा मेहनतको अनुपातमा लाभ कम हुन सक्छ, त्यसैले आफ्नो क्षमतामा शंका नगर्नुहोस्।पारिवारिक जीवन अनुकूल रहनेछ। गुरु ग्रहको सप्तम भावमा गोचरले पारिवारिक सम्बन्धमा सहयोग र शान्ति ल्याउनेछ। आत्मविश्वास तपाईंको सबैभन्दा ठूलो शक्ति हो, यसलाई कहिल्यै कम नहुन दिनुहोस्। बुधवार र बिहिवार विशेष शुभ रहनेछन्।

उपाय– प्रतिदिन गणेश चालिसाको पाठ गर्नु लाभदायक हुनेछ । यसले मानसिक शान्ति, भाग्यको सहयोग र कार्यक्षेत्रमा सफलता दिलाउन मद्दत गर्नेछ ।

मकर राशि

यो साता सकारात्मक रहनेछ । कार्यक्षेत्रमा दबाव बढ्न सक्छ, तर तपाईंको मेहनत र समर्पणले सफलता दिलाउनेछ। आर्थिक स्थिति सामान्य रहनेछ; कुनै ठूलो लाभको अपेक्षा नगर्नुहोस्, तर स्थिरता कायम रहने पुराना रोकेकोका कामलाई अघि बढाउनका लागि पूर्णरूपमा अनुकूल रहनेछ।

कार्यक्षेत्रमा तपाईंको मनोयोग र मेहनतले सकारात्मक परिणाम दिनेछ। घर–परिवारमा वातावरण सुखद रहनेछ र पारिवारिक सम्बन्धमा प्रेम र सामंजस्य कायम रहनेछ।जागिरमा इच्छानुसार पदोन्नति वा मान्यता पाउने सम्भावना उच्च छ । साझेदारीमा रहेका व्यापारमा प्रगति हुनेछ। यदि तपाईंलाई पूँजी वा नकदीसम्बन्धी कुनै समस्या थियो भने त्यसको समाधान हुनेछ। काममा अत्यधिक ध्यान दिनुहुनेछ र समाजप्रति जिम्मेवारीपूर्ण व्यवहार देखाउनेछ। तपाईंको समर्पणको अत्यन्त प्रशंसा हुनेछ।

आक्रामक स्वभावको कारण काम छिटो सम्पन्न गर्न लागिरहनेछ। सप्ताहको अन्त्यतिर तपाईं साथीभाइसँग मनोरञ्जन वा पार्टी गर्न सक्नुहुन्छ। लामो दूरीको यात्रा नगर्नुहोस्; उत्तेजनाले रक्तचाप बढ्न सक्छ।सन्तान वा परिवारका कारण अनावश्यक खर्च बढ्न सक्छ।जिम वा खेलकूदमा सक्रिय व्यक्तिले स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ।ठूलो दाजुभाइ वा बहिनीको सल्लाहको पालना गर्नु लाभदायक हुनेछ।मकर राशि का जातकहरूको लागि यो सप्ताह मनचाहेको फल पाउनेछ्न ।

भाग्यको पूरा साथ रहनेछ र कार्यक्षेत्रमा मनचाहेको सफलता प्राप्त हुने छ। यसले आत्मविश्वास र पराक्रम बढाउनेछ।सप्ताहको शुरूमै घर–परिवारसँग सम्बन्धित कुनै चिन्ता समाधान हुने छ र तपाईं शान्ति महसुस गर्नुहुनेछ। सत्ता वा सरकारसँग सम्बन्धित व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। नौकरीपेशा व्यक्तिहरूको लागि यो सप्ताह अनुकूल रहनेछ।कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। अधिकारीसँग राम्रो सम्बन्धको फाइदा उठाउन सफल हुनुहुनेछ।

व्यवसाय वा व्यापारमा पनि लाभ र अनुकूलता रहनेछ। कुनै योजना वा लगानी गर्नु अघि शुभचिन्तकको सल्लाह लिनु लाभदायक हुनेछ।परीक्षा वा प्रतियोगिता तयारीमा लागेका विद्यार्थीहरूलाई शुभ समाचार प्राप्त हुन सक्छ र उनीहरूको मेहनतको पूरा फल हुनेछ।सामाजिक र पारिवारिक सम्बन्धमा प्रेम र सामञ्जस्य कायम रहनेछ।

उपाय- प्रतिदिन भगवान शिवको पूजा गर्नुहोस् र शिव महिम्न स्तोत्रको पाठ गर्नु लाभदायक हुनेछ।

कुम्भ राशि

यो साता कुम्भ राशि हुनेहरूका लागि सामान्य फलदायी रहनेछ । यस समयमा केही कामका लागि साथी वा परिवारको सहयोग लिनु पर्न सक्छ। सप्ताहको शुरुवातमा अचानक केही ठूलो खर्चले बजेटमा असन्तुलन ल्याउन सक्छ। आर्थिक समस्या शुभ मित्र र सहयोगीको मद्दतले समाधान हुनेछ। कार्यक्षेत्रमा अरूसँग व्यवहार गर्दा विशेष सतर्क रहनु पर्छ।

वाद–विवादबाट टाढा रहनु उपयुक्त हुनेछ। स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। खानपानमा ध्यान दिनुहोस्, पेटसम्बन्धी समस्या हुन सक्छ। सप्ताहको अन्त्यतिर छोटो वा लामो दूरीको यात्रा हुने योग छ। यात्रा गर्दा सामान र स्वास्थ्यको ख्याल राख्नुपर्छ। परिवारका सदस्यहरूबाट सहयोग प्राप्त हुनेछ। परिवारसँग सम्बन्ध अनुकूल रहन्छ।

पार्टनरले मनोबल बढाउने काम गर्नेछ । भाई–बहिनीको सहयोग उत्तम रहनेछ। वैवाहिक जीवन सुखमय रहनेछ। आर्थिक दृष्टिले सप्ताह राम्रो रहनेछ। सुख–सुविधाको आनन्द लिन सकिन्छ। व्यवसायमा नयाँ डील वा अवसरको सम्भावना छ।

नयाँ जागिरकाे अवसर मिल्न सक्छ। मित्रसँग मनका कुरा साझा गर्न सकिन्छ। विपरीत लिंगका साथीहरूसँग समय बिताउने प्रयास हुनेछ। नयाँ लगानीका योजना बनाउन सकिन्छ। सप्ताहमा छुट्टीको योजना बनाउन सकिन्छ। अरूको आलोचनामा ध्यान नदिनुहोला। मौसम परिवर्तनले केही समस्या दिन सक्छ । भाइ–बहिनीसँग मतभेद देखा पर्नसक्छ। आलस्यले प्रभाव पार्नेछ।

उपाय- प्रतिदिन हनुमानजीको पूजा गर्दै हनुमान चालिसाको पाठ गर्नुहाेस् ।

मीन राशि

यो साता मिश्रित फलदायी रहनेछ । सम्बन्धित व्यक्तिहरूबाट शुभ सूचना प्राप्त हुने योग छन्। बच्चाहरू पढाइमा ध्यान दिनेछन्। युवाहरूलाई रोजगारका नयाँ अवसर प्राप्त हुनेछन्। इन्जिनियरिङका विद्यार्थीहरूका लागि सप्ताह उत्कृष्ट रहनेछ।

घरपरिवारको स्वास्थ्य सामान्य रूपमा राम्रो रहनेछ। भविष्यका योजना बनाउने समय हुनेछ। सप्ताहको मध्यतिर जीवनसाथीसँग राम्रो समय बिताउने मौका मिल्नेछ। प्रेम विवाह इच्छुकहरूको विवाह तय हुन सक्छ। सन्तान प्राप्तिका इच्छा पूर्ण हुन सक्छ।महिला जातकहरूको मूडमा अचानक उतार–चढाव देखिन सक्छ। कडा मेहनतको बावजूद अपेक्षित परिणाम नआउँदा अलिकति तनाव हुन सक्छ।

पिता वा परिवारसँग बहस गर्नु उचित हुँदैन। स्वभावमा चिडचिडापन रहन सक्छ। लीभरसम्बन्धी समस्याहरू बढ्न सक्छन्। जीवनशैलीमा सुधार आवश्यक हुनेछ। सहकर्मीको असावधानीले काम बिग्रन सक्छ। सप्ताहको सुरुमा घरेलु चिन्ता सताउन सक्छ, जसको प्रभाव कामकाजमा पनि पर्न सक्छ। भूमि–भवन वा पैतृक सम्पत्ति सम्बन्धी वाद–विवाद हुन सक्छ। कोर्ट–कचहरीसम्मको झन्झट हुन सक्छ। नौकरीपेशा जातकहरूले अतिरिक्त कामको बोझ महसुस गर्नेछन् र थप प्रयास गर्नुपर्नेछ।

मध्यसप्ताहमा ध्यान भट्कन सक्छ, यसकारण कार्यक्षेत्रमा सावधानी आवश्यक छ। कसैको आलोचना नगर्नु र लक्ष्यमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ। सप्ताहको अन्त्यतिर ठूलो खर्चले बजेट गडबड गर्न सक्छ। स्वास्थ्यको विशेष ख्याल राख्नुहोस् र मौसमी रोगबाट सतर्क रहनुहोस्।

व्यवसायमा छोटो–दूरको नाफा–नोक्सान विचार गरेर निर्णय लिनु उचित हुनेछ। प्रेम सम्बन्धमा उतावलो वा देखावटी व्यवहारबाट जोगिनुहोस्। जीवनसाथीको भावनाको अनादर नगर्नुहोला।

उपाय- प्रतिदिन भगवान श्री विष्णुको पूजा गर्दै श्री विष्णु सहस्रनामको पाठ गर्नु लाभदायी हुनेछ।

Logo