काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता औंल्याउँदै विचारकै पुनः संरचनाको खाँचो रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पुस्तक ‘एन्टिथेसिस’ दोस्रो संस्करणको प्रकाशन सन्दर्भमा आयोजना गरिएको बहस कार्यक्रममा बोल्दै भट्टराईले देशमा विचारको विकास हुन नसकेको बताउँदै नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए ।
उनले भने, ‘विचारकै पुनःसंरचना गरेर समयको परिस्थिति अनुसार जानु जरुरी छ । अहिले विश्वभर विचारको खडेरी छ, र यो हाम्रो मुल समस्या हो । संसारमा जुन ज्ञान, विज्ञान, प्रविधि र चेतना सिर्जना भएको छ । त्यसमा आधारित भएर नयाँ विचारको निर्माण गर्न जरुरी छ । हामीले विचारको नयाँ संस्करण तयार पार्नुपर्छ ।’































प्रतिक्रिया