काठमाडौं । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले सर्वोच्च पुगेको छ ।
२०८१ कात्तिक १४ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालसहितलाई सफाइ दिएकाे थियाे । यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ ।
त्यसपछि अख्तियार आयोगले आज केही प्रतिवादीलाई आंशिक ठहर साथै केहीलाई सफाइ दिइएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हाे । अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जनही ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको थियो । ।





























प्रतिक्रिया