८४ मा मेरो पालो आउला/नआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ -गगन थापा

८४ मा मेरो पालो आउला/नआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ -गगन थापा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताएका छन् ।

आज आयोजित कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा महामन्त्री थापाले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिएका हुन् । “विसं २०८४ मा मेरो पालो आउला/नआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ,” उनले भने, “डर र लोभबाट टाढा रहनुपर्छ । बरु पाँच वा दश वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन । महत्वाकाङ्क्षी धेरै राख्नु हुँदैन ।”

नेता थापाले सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo