काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवारमा नेपाली कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई उठाउने भएको छ ।
बुधबार हुने निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । समिति सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा गएकाे साउन २८ गते पदबाट राजीनामा दिएपछि सभापति पद अहिले रिक्त छ। खतिवडा नेपाली कांग्रेसबाट सभापति बनेका थिए ।
रिक्त पदका लागि संघीय संसद सचिवालयले २०८२ साल भदौ ११ गते बुधबार बिहान ११ बजे निर्वाचन ताेकेकाे छ।





























प्रतिक्रिया