भोटेकोशीमा बोलेरो खस्दा २ जना बेपत्ता

भोटेकोशीमा बोलेरो खस्दा २ जना बेपत्ता

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । भोटेकोशीमा बोलेरो खस्दा २ जना बेपत्ता भएका छन् ।

अरनिको राजमार्गअन्तर्गत तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ को बोलेरो सड्कबाट भोटेकोशी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सर्लाही बरथहवा नगरपालिका २ बस्ने २३ वर्षीय राजेश कुमार कुसवाह र २५ वर्षीय राम प्रवेश महत्तो रहेका छन् । हाल उनीहरुको प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसेले खोजी गरिरहेको छ ।

Logo