काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।
विद्यालय शिक्षा विधेयक, २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै भदौ ९ गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुले बुधबार बिहान ११ बजेदेखि कांग्रेस मुख्यालय घेरेका हुन् । दिउँसो १ बजेसम्म धर्ना दिने कार्यक्रम छ ।
शिक्षकहरुहरुको राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र दिनेदेखि पार्टी कार्यालयहरूमा धर्ना दिनेसम्मका कार्यक्रम छन्। उनीहरूले भदौ १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल, भदौ १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम तय छ ।
यसअघि २९ दिन काठमाडौंमा आन्दोलन गर्दा पनि यसरी नै पार्टी कार्यालयमा धर्ना दिएका थिए ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भैसकेको छ ।





























प्रतिक्रिया