काठमाडौं । कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । कामा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता मेगा मोटर्सले उक्त कन्टेनर नेपाल भित्र्याएको हो। कम्पनीले नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमै राख्ने योजना सहित मगाएको इलेक्ट्रीक कन्टेनर यसैसाता नेपाल आइपुगेको हो । बाढीका कारण तातोपानी नाका बन्द हुँदा कामाका कन्टेनर ल्याउन सकिएको थिएन । बाटो खुल्ने बित्तिकै पहिलो कन्टेनर काठमाडौं आएको हो ।
निकै ठूलो कार्गो स्पेश रहेको कन्टेनर पावर र रेन्जको हिसाबले पनि राम्रो रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा गाडी प्रदर्शनीका राख्न नपाए पनि ५० वटा बुकिङ भएको छ ।
कम्पनीले ल्याएको कन्टेनरमा ७० किलोवाटको मोटर र ३८ किलोवाट आवरको लिथियम आयोन फस्फेट (एलएफपी) ब्याट्री छ । यसले सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
कन्टेनरको साइज ८.५ फिट लामो र ५.५ फिट अग्लो छ । निकै ठूलो कार्गो स्पेश रहेको कारण ठूलो परिमाणमा सामान ओसार पसार गर्न सकिन्छ । यसको पेलोड क्षमता १.५ टन (१५०० केजी) रहेको छ । कम्पनीले यसको मूल्य २७ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
अटो शोहरूमा भने २ लाख रुपैयाँ नगद छुट अफर गरिएको थियो । घरायसी प्रयोजनका सामान र औद्योगिक उत्पादन ओसार पसार गर्न मिल्ने कामाका कन्टेनर बहुउपयोगी देखिएको छ ।
यस ईभीमा ८.५ फिट लम्बाई र ५.५ फिट उचाई भएको मजवुत कन्टेर राखिएको छ । यसको पेलोड क्षमता १.५ टन छ भने एकपटकको फुल चार्जमा २५० किलोमिटरसम्म गुडाउन सकिन्छ ।































प्रतिक्रिया