स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, कतिले हात पारे सेयर ?

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, कतिले हात पारे सेयर ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । यसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ ।

कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कुल सदर आवेदकमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १/१ कित्ताका दरले बाँडफाँट गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो संस्थाले आम सर्वसाधारणमा १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गरेको थियो ।

Logo