पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सुरु, एउटै गाडीमा १५ लाख छुट

पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सुरु, एउटै गाडीमा १५ लाख छुट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । यो अभियान जिकर एक्सका लागि लागू हुने छ ।

दशैं, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ। यो चाडपर्व अफर अन्तर्गत अब ग्राहकहरूले रु. ८४.९९ लाख मूल्य रहेको जिकर एक्स गाडी मात्र रु. ६९.९९ लाखमा खरिद गर्न सक्नेछन्।

यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर, र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्। जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन्, र यो गाडीले युराे एनक्याप, चाइना एनक्याप र ग्लाेबल एनक्यापमा ५-स्टार सेफ्टी रेटिङ पाएको छ।

यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुनेछ । यी सुविधाहरूमा सर्त तथा नियमहरू लागू हुनेछन् ।

Skip This
Skip This
Logo