चेल्सीले फुलह्यामलाई हरायो

चेल्सीले फुलह्यामलाई हरायो

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले फुलह्यामलाई २-० गोलअन्तरले पराजित गरेको छ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन जोआओ पेड्रो र एन्जो फर्नान्डेजले एक-एक गोल गरे। खेलको पहिलो हाफको अतिरिक्त समयमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५८औं मिनेटमा एन्जो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।

यो जितसँगै चेल्सीले प्रिमियर लिगमा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

Logo