सुनचाँदीकाे मूल्यले नेपाली बजारमा बनायो नयाँ रेकर्ड

सुनचाँदीकाे मूल्यले नेपाली बजारमा बनायो नयाँ रेकर्ड

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदी मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आइतबार एकैदिन तोलामा ३ हजार रुपैयाँ बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेर २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Logo