पायोनियर मोटोकर्पको चाडपर्व अफर : जिकर एक्स किन्दा १५ लाख छुट

पायोनियर मोटोकर्पको चाडपर्व अफर : जिकर एक्स किन्दा १५ लाख छुट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । दशैँ, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ। यो अफरअन्तर्गत इलेक्ट्रीक एसयूभी जिकर एक्स खरिद गर्दा १५ लाख रुपैयाँ छुट पाइने भएको छ ।

कम्पनीका अनुसार यसअघि ८४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको जिकर एक्स चाडपर्व अफर अन्तर्गत अब ६९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने भएको छ । यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर, र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्।

त्यस्तै, चाडपर्व अवधिमा जिकर एक्स किन्ने ग्राहकले सहज फाइनान्स सुविधा र विशेष छुट पाउने कम्पनीले जनाएको छ । यी सुविधाहरूमा सर्त तथा नियमहरू लागू हुने छन् ।

जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडास प्रणाली, १९१ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन् । यो गाडीले युरो एन क्याप, चाइना एनक्याप र ग्लोबल एन क्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुनेछ । यी सुविधाहरूमा सर्त तथा नियमहरू लागू हुने कम्पनीले जनाएको छ।

Logo