डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह

डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै सत्याग्रह सुरु गरेका छन् ।

धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले तीनदिने सत्याग्रह सुरु गरेका हुन् । नेता र माफियाको झोला भरेर निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा शिक्षाको गुणस्तर खस्किने उनको भनाइ छ । यो निर्णय तत्काल फिर्ता लिन उनको माग छ ।

गत साउन २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा सिट संख्या १०० बाट १३० पुर्‍याउने निर्णय गरेको थियो । साथै ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय गर्‍यो ।

यो निर्णयसँगै मेडिकल कलेजहरू विराट, चितवन, नोबेल, नेपालगञ्ज, युनिभर्सल, काठमाडौं, नेपाल मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सले एमबीबीएसमा १३० जनाका दरले पढाउन पाउने भएका छन् ।

Skip This
Skip This
Logo