काठमाडौं । भारतको गुहाटी भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आसाम स्टेट टोलीविरुद्धको टि२० सिरिज जितेको छ । पाँच खेलको सिरिजअन्तर्गत आज भएको अन्तिम तथा निर्णायक खेलमा आसामलाई ४४ रनले हराउँदै नेपालले सिरिजमा ३-२ को कब्जा जमाएको हो ।
जितका लागि २०८ रनको लक्ष्य पछ्याएको आसाम निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनमै समेटियो । श्रृंखलाको पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ रन र ९ रनको जित निकालेको थियो । तर आइतबार चौथो खेलमा चुक्दा आज उत्कृष्ट पुनरागमन गरेर सिरिज जितेकाे हाे ।





























प्रतिक्रिया