गाँजासहित पक्राउ

गाँजासहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

सप्तरी । अग्निसाईर कृष्णा सावरण गाउँपालिका-५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo