सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापितमा जुटौंः शंकर पोखरेल

सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापितमा जुटौंः शंकर पोखरेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोशिसमा जुट्न आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गर्दै यस्तो बताए हुन् । उनले लेखेका छन्,’सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।

Logo