फेसबुक, युट्युबलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, प्राधिकरणलाई आजै पत्राचार

फेसबुक, युट्युबलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, प्राधिकरणलाई आजै पत्राचार

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सरकारले नेपालमा सूचिकृत नभएका फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेकाे बैठकले मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।

यसअघि सर्वोच्च अदाल‌तले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।

Logo