काठमाडाैं । एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू आफ्नो इन्टरनेट सेवामार्फत चलाउन नदिने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले बिहीबार एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो।
एनसेलले जारी गरेको सूचना अनुसार, सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को २०८० भदौ ९ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० भदौ १२ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिइएको थियो। सोही निर्देशनको पालना गर्दै एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने व्यवस्था गरिनेछ।































प्रतिक्रिया