चिलीमाथि ब्राजिलको शानदार जित

चिलीमाथि ब्राजिलको शानदार जित

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा दक्षिण अमेरिकी फुटबल पावरहाउस ब्राजिलले चिलीलाई ३-० गोलको प्रभावशाली अन्तरले पराजित गरेको छ।

ब्राजिलको घरेलु मैदानमा भएको यो खेलमा ब्राजिलले खेलको अन्तिम मिनेटसम्म आफ्नो दबदबा कायम राखेको थियो। ब्राजिलका लागि एस्टेभानले खेलको ३८ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा लुकास पाक्वेटाले ७२ औँ मिनेटमा र ब्रुनो गुइमारेसले ७८ औँ मिनेटमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए।

ब्राजिल यसअघि नै विश्वकपमा छनाेट भइसकेकाे छ ।

Logo