काठमाडौं । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ल्यान्डमार्क होटेल तथा रिसोर्टअन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहु र भैरहवालगायत शाखासँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने भएको छ । ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखामार्फत उपलब्ध आवासतर्फ विशेष सस्थागत छुट साथै, खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट पाउने भएका छन् ।
प्रभु बैंकले हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको छ । प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैंक फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । र, साथै नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइ अवार्ड अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५” को अन्तर्राष्ट्रियबाट पनि सम्मानित भएको छ ।





























प्रतिक्रिया