युनाइटेड एकेडेमीका विद्यार्थी सदिप राईले दक्षिण एसिया ब्याडमिन्टनमा हासिल गरे दोस्रो स्थान

युनाइटेड एकेडेमीका विद्यार्थी सदिप राईले दक्षिण एसिया ब्याडमिन्टनमा हासिल गरे दोस्रो स्थान

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । युनाइटेड एकेडेमीका कक्षा ११ मा अध्ययनरत विद्यार्थी सदिप राईले ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय स्तरको सफलता हासिल गरेका छन्। उनले भर्खरै सम्पन्न ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय च्याम्पियनसिप २०२५ मा दोस्रो स्थान प्राप्त गर्दै रजत पदक जितेका छन्।

भुटानको थिम्पुमा अगस्ट १५ देखि २२ सम्म आयोजित यस प्रतिष्ठित च्याम्पियनसिपमा दक्षिण एसियाका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । यस कडा प्रतिस्पर्धाका बीच पनि सादिपले आफ्नो असाधारण कौशल, लगनशीलता र खेल भावना प्रदर्शन गर्दै नेपाल र आफ्नो विद्यालय युनाइटेड एकेडेमीको नाम उज्यालो बनाए।

यो सफलतापछि सदिपले भने, “मैले यसअघि धेरै राष्ट्रिय पदक जितेको छु, तर यो पदक मेरो लागि निकै विशेष छ। मैले आफ्नो देशका लागि यो पदक जित्न सकेकोमा साँच्चै खुसी छु। नेपालको प्रतिनिधित्व गर्नुले मलाई अत्यन्तै गर्व र खुसी महसुस भएको छ।”

युनाइटेड एकेडेमीले सदिपको यस उत्कृष्ट उपलब्धिको लागि हार्दिक बधाई ज्ञापन गरेको छ ।

Logo