काठमाडौं । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्डले यस वर्षको महान् चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै उपभोक्ताहरुलाई विशेष उपहार योजना ल्याएको छ।
यस अफरअन्तर्गत ग्राहकहरुले सेन्साइको कुनै पनि घरायसी सामानहरुको खरिदमा २५ प्रतिशतसम्म क्यास ब्याक, पक्का उपहार पाउने अवसरका साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन र बक्परमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने सुवर्ण अवसर पनि पाउनेछन्। यो उपहार योजनामा सहभागि हुन ग्राहकहरुले सेन्साइका सामान खरिद पश्चात बिज्ञापनमा दिइएको क्यू आर कोड स्क्यान गरि आफ्नो बिवरण भरि पठाउन पर्नेछ ।
यस योजना अन्र्तरगत, ४३ इन्च सम्मको टि भी को खरिदमा आकर्षक क्यास ब्याक तथा सो भन्दा माथिको टि भी को खरिदमा सावोमिको पोर्टेबल स्पिकर पाउन सक्नेछन् । साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र सेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यास ब्याक पाउन सक्नेछन् भने सेमि अटोमेटिक वासिङ मेसिनमा ३ के जी यरियल र फ्रन्ट लोड वासिङमा ६ के जी यरियल पाउनेछन् ।
ग्राहकहरुले यी सामानहरु शून्य प्रतिशत इएमआइमा लिन सक्नेछन् । साथै पुराना घरायसी सामानहरुसँग पनि उच्च मुल्याङ्कनमा एक्चेन्ज गर्न सक्नेछन् । सेन्साइको टिभी खरिदमा ९ महिनाको निःशुल्क नेट टिभीको सदस्यता पनि पाउनेछन् ।
सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परालाई निरन्तरता दिएको छ ।
यो अफर नेपालभरका सबै सिजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ।































प्रतिक्रिया