उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन -अर्थविद् अधिकारी

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन -अर्थविद् अधिकारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू समय व्यवस्थापनमा चुकेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित अप्सरा गौतमद्वारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ विमोचन समारोहमा बोल्दै उनले उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति समेत नभएको बताए ।

उनले भने, ‘शक्तिशाली राष्ट्रका प्रमुखहरू व्यस्त तालिकाबीच पनि समय व्यवस्थापन गर्न सक्षम छन्, तर हाम्रो देशका प्रमुखहरू केही पनि भ्याउन सक्दैनन् अधिकारीले आफूले २८ वर्षको शिक्षण जीवनमा अनेकन सचिव, मन्त्री र न्यायाधीशहरू तयार पारेको अनुभव सुनाउँदै भने, ‘तर हामी समय व्यवस्थापन गर्न सक्दैनौं। मन्त्रीज्यूहरू आउनुहुन्छ, आफ्ना कुरा राख्नुहुन्छ, अनि अरुको कुरा नसुनी हिँड्नुहुन्छ । अरुको कुरा सुन्ने न त समय छ, न चाहना, न धैर्यता ।’

उनले देशका स्रष्टा, वैज्ञानिक, विद्वानहरूको कुरा भन्दा पनि मन्त्रीलाई एकछिन उभ्याउन पाइयो भने हामी गौरव ठान्ने गरेको बताए ।

‘देशका स्रष्टा, वैज्ञानिक, विद्वानहरूको कुरा भन्दा पनि यदि कुनै मन्त्रीलाई एकछिन उभ्याउन पाइयो भने हामी गौरव ठान्छौं। मिडियामा पेज भरिन्छ, तर गुण हेर्दैनौं, व्यक्तिलाई मात्र हेरिन्छ ।’

Skip This
Skip This
Logo