विश्वकप छनोटमा इजरायलको शानदार जित

विश्वकप छनोटमा इजरायलको शानदार जित

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । विश्वकप छनोट अन्तर्गतको समूह ‘आई’ मा भएको खेलमा इजरायलले मोल्डोभामाथि ४-० को सानदार जित दर्ता गरेको छ ।

मोल्डोभाको घरेलु मैदानमा भएको खेलमा इजरायलले शुरूवातदेखि नै दबाब कायम राखेको थियो । खेलको १५औं मिनेटमा डोर पेरेट्जले गोल गर्दै इजरायललाई १-० को अग्रता दिलाए। त्यसपछि ३५औं मिनेटमा मानोर सोलोमनले दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता कायम गरे।

दोस्रो हाफमा पनि इजरायलको प्रदर्शन उत्कृष्ट रह्यो। खेलको ५९औं मिनेटमा ताई बारिबोले तेस्रो गोल गरे भने ७७औं मिनेटमा ओस्कार ग्लोउखले चौथो गोल गर्दै इजरायलको जित सुनिश्चित गरे।

मोल्डोभाले गोल फर्काउने धेरै प्रयास गरे पनि सफल हुन सकेन।

Logo