काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको निरन्तरताको पक्षमा उभिएका स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न रोक लगाइएको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले थापालाई फरक मत राख्न दिने निर्णय गरेको थियो। तर, आज अध्यक्ष केपी शर्मा ओलीले नै महाधिवेशन हलमा थापालाई फरक मत राख्नबाट रोकेका हुन् ।
आज बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुनै लाग्दा थापाले आफ्नो फरक मत प्रस्तुत गर्न अध्यक्ष ओलीसँग समय मागेका थिए। तर अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको दाबी गर्दै समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरे । त्यसपछि थापाले केही समय उभिएर असहमति जनाउँदा हलभित्रै नोकझोक चलेको थियो ।
कर्ण थापाको फरक मत-































प्रतिक्रिया