जेइको जे५ ‘प्रमिसिङ इलेक्ट्रिक एसयुभी अवार्ड’बाट सम्मानित

जेइको जे५ ‘प्रमिसिङ इलेक्ट्रिक एसयुभी अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । एसपीजी अटोमोबाइल्सले हालै नेपाली अटो बजारमा भित्र्याएको प्रिमियम एसयूभी ‘जेइको जे ५’‘प्रमिसिङ इलेक्ट्रिक एसयुभी अवार्ड’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा जेइको जे५लाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सहरी सडकदेखि अफ–रोड यात्रासम्म सहज बनाउन तयार रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटर​को ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटर​को ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता विशेषताले जेइको जे५ लाई विशेष बनाएको छ । जेइको जे फाइभको लम्बाइ ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटरको छ भने यसमा १८ इन्चको अग्लो एलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याकबाट सञ्चालित यो एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।

शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयूभी वर्गमा छुट्टै पहिचान बनाउन सफल भएको यो गाडी बजारमा उपलब्ध छ ।

Skip This
Skip This
Logo