लक्ष्मी ग्रुप ‘ईभी सर्भिस एण्ड इन्फ्रास्ट्रक्चर लिडर अवार्ड’बाट सम्मानित

लक्ष्मी ग्रुप ‘ईभी सर्भिस एण्ड इन्फ्रास्ट्रक्चर लिडर अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । मुलुककै प्रतिष्ठित व्यापारिक समूहमध्ये एक लक्ष्मी ग्रुपलाई ‘ईभी सर्भिस एण्ड इन्फ्रास्ट्रक्चर लिडर अवार्ड’ बाट सम्मानित गरिएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा नेपालमा विद्युतीय सवारीको सेवा र पूर्वाधार विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै लक्ष्मी ग्रुपलाई यो अवार्ड प्रदान गरिएको हो।

लक्ष्मी ग्रुपले नेपालमा हुन्डाई, बीएमडब्लू, केई र फोर्थिङजस्ता ठूला विद्युतीय सवारी ब्रान्डहरूको बिक्री वितरण गर्दै आएको छ। साथै, यस ग्रुपले विद्युतीय गाडीको लागि आवश्यक चार्जिङ स्टेसनको निर्माण र सर्भिस सेन्टरहरूको विस्तारमा पनि ठूलो लगानी गरेको छ। यसले नेपाली बजारमा विद्युतीय गाडीको प्रयोगलाई सहज बनाउन मद्दत पुर्‍याएको छ।

यो अवार्डले अन्य कम्पनीहरूलाई पनि विद्युतीय सवारीको पूर्वाधार विकासमा लगानी गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।

सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रुपमा मिठाइ उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री वितरण र होम एप्लाएन्सेसलगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।

Logo