पोर्चुगलकाे सानदार जितमा रोनाल्डोकाे दुई गोल

पोर्चुगलकाे सानदार जितमा रोनाल्डोकाे दुई गोल

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । फिफा विश्वकप २०२६ को छनोट खेलमा पोर्चुगलले आर्मेनियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ।

शनिबार राति येरेभानस्थित भाज्जेन सर्ग्स्यान रिपब्लिकन स्टेडियममा भएको खेलमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र जाओ फेलिक्सले दुई–दुई गोल गरे भने जाओ क्यान्सेलोले एक गोल थपे।

खेलको सुरुदेखि नै पोर्चुगलले आक्रामक प्रदर्शन गरेको थियो। खेलको दशौं मिनेटमा नै जाओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। लगत्तै २१औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए। रोनाल्डोले गरेको यो गोल पोर्चुगलका दिवंगत खेलाडी डिएगो जोटाको २१ नम्बर जर्सीको सम्मानमा भएको थियो। खेलको ३२औं मिनेटमा क्यान्सेलोले तेस्रो गोल गर्दै पहिलो हाफमै पोर्चुगललाई ३-० को बलियो स्थितिमा पुर्‍याए।

दोस्रो हाफको सुरुमै रोनाल्डोले फेरि एक पटक उत्कृष्ट गोल गरे। ५०औं मिनेटमा उनले टाढाबाट प्रहार गरेको बलले जाली चुमेको थियो। खेलको ६१औं मिनेटमा जाओ फेलिक्सले आफ्नो दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यो जितसँगै पोर्चुगलले विश्वकप छनोटको समूह ‘एफ’ मा तीन अंक जोडेको छ।

पोर्चुगलका खेलाडीहरूले हालै कार दुर्घटनामा निधन भएका आफ्ना टिममेट डिएगो जोटाको सम्झनामा यो जित समर्पित गरेका छन्।

Skip This
Skip This
Logo