जेन-जीको ‘नेपो बेबी’ अभियानमा मेयर बालेनको समर्थन

जेन-जीको ‘नेपो बेबी’ अभियानमा मेयर बालेनको समर्थन

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमा चलेको ‘नेपो बेबी’ (नेपो किड) अभियानप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गरेका छन्।

उनले आफ्नो फेसबुक स्टाटसमार्फत यो अभियान ‘जेन-जी’ अर्थात् २८ वर्षमुनिका युवाहरूको भएको र यसमा कसैले पनि आफ्नो स्वार्थ पूरा गर्न हस्तक्षेप नगर्न चेतावनी पनि दिएका छन् ।

‘भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता , कार्यकर्ता , सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’ उनले भनेका छन् ।

हाल सामाजिक सञ्जालमा चलेको ‘नेपो बेबी’ अभियान कुनै मनोरञ्जनको ट्रेन्ड नभई नेपालमा व्याप्त भ्रष्टाचारविरुद्ध युवा पुस्ताले चलाएको एक सशक्त आन्दोलन हो। यो अभियानअन्तर्गत राजनीतिक र प्रभावशाली परिवारका सन्तानहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाइएको छ । टिकटक र रेडिट जस्ता प्लेटफर्महरूमा उनीहरूको जीवनशैली देखाएर, ‘नेपो किड’ भनिँदै राजनीतिक तथा प्रभावशाली व्यक्तिहरूले पाएको विशेषाधिकारका कारण जनता कसरी मारमा परेका छन् भन्ने विषयमा बहस सुरु भएको छ।

Logo