‘नेपालमा अटोमोबाइल उद्योगको विकास राजस्वमुखी नीतिले मात्रै सम्भव छैन’ -पूर्वअध्यक्ष दुलाल

‘नेपालमा अटोमोबाइल उद्योगको विकास राजस्वमुखी नीतिले मात्रै सम्भव छैन’ -पूर्वअध्यक्ष दुलाल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा राजस्व समितिका सभापति कृष्णप्रसाद दुलालले नेपालमा अटोमोबाइल उद्योगको दिगो विकासका लागि पूर्वाधार र प्रशासनिक सुधारमा ठूलो लगानी आवश्यक रहेको बताएका छन्।

उनले हालको राजस्वमुखी प्रशासनिक व्यवस्थाले उद्योगको विकास सम्भव नहुने धारणा राखे।

‘केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’ अन्तर्गत “अटो पोलिसी डिस्कोर्स – सवारी क्षेत्रको भविष्यबारे साझा बहस” शीर्षकमा दुलालले यस्ताे बताएका हुन् ।

उनका अनुसार, नेपालमा अहिले कुनै पनि उद्योगले १० वर्षका लागि के गर्ने भन्ने योजना छैन, केवल ‘यो वर्ष कसरी चल्ने’ भन्ने मात्र सोच छ। उनले सरकार र व्यवसायी दुवैले मिलेर कसरी धेरैभन्दा धेरै कमाउने वातावरण बनाउने भन्नेमा ध्यान दिनुपर्ने बताए।

पूर्वअध्यक्ष दुलालले विद्युत वा पेट्रोल गाडी जुन भए पनि व्यवसायी र सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले भने, “राजस्वमुखी मात्र प्रशासनिक व्यवस्थाले देशमा कुनै पनि उद्योग फस्टाउन सक्दैन। यसका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिनु आवश्यक छ।”

Logo