घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

केन्द्रबिन्दु
6
Shares

सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो।

सूचना अधिकारी पासवानले भने,“अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि भएको छ ।” प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उहाँले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे।

Skip This
Skip This
Logo