काठमाडौंका यी स्थानमा कर्फ्यू

काठमाडौंका यी स्थानमा कर्फ्यू

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । काठमाडौंमा कर्फ्यू लागेको छ । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार अपरान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौं महानगरपालिकाको केही क्षेत्रहरूमा कफ्र्यू लागू गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बानेश्वर क्षेत्रका केही भागहरूमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शन पूर्णरूपमा निषेध गरिएको छ ।

कर्फ्यू आदेश लागू हुने क्षेत्र यस्ता छन्-

बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म ।

Logo