काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालले जेएनजी पुस्ताले गरेको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ।
नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माको पहलमा अस्पतालले यस्तो निर्णय गरेको हो। प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई तत्काल अस्पताल पुर्याई निःशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल प्रशासनले जानकारी दिएको छ। यो पहलले विरोध प्रदर्शनमा सहभागी हुँदा घाइते भएकाहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
हाल ४० जना बढीकाे केएमसीमा उपचार भैरहेकाे छ भने २ जनाकाे मृत्यु भएकाे छ ।
डा. शर्माले नेतृत्व सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।





























प्रतिक्रिया