विराटनगर । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सडकमा ओर्लिएको जेनजी पुस्ताका युवाहरुले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् ।
सोमबार दिउँसो पालिका परिसरभित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् ।
हालसम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।































प्रतिक्रिया