नयाँदिल्ली ।
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।
भारतमा सङ्क्रमणमुक्त भएकाहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख ४ हजार ३६५ जना सङ्क्रमित भएका हुन् भने कुल १ लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या ४ लाख ४३ हजार ७९४ रहेको छ ।रासस





























प्रतिक्रिया