बाल सुधार गृहबाट फरार हुने क्रममा झडप हुँदा ५ जनाको मृत्यु

बाल सुधार गृहबाट फरार हुने क्रममा झडप हुँदा ५ जनाको मृत्यु

केन्द्रबिन्दु
3
Shares

काठमाडौ । बाँकेको बाल सुधार गृहबाट फरार हुने क्रममा झडप हुँदा ५ जनाको मृत्यु भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा मङ्गलवार राति भएको झडपमा बाँकेका समीर थापा, अछामका उमेश विष्ट, दैलेखका भूपेन्द्र खत्री, कैलालीका जगत देउवा र दाङका दिनेश घर्ती मगरको मृत्यु भएको हो।

घाइतेको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा भइरहेको छ। बाल सुधार गृहबाट भागेका बाल बन्दीहरूले नजिकै रहेका कैदीहरूलाई भगाउने क्रममा प्रहरीका हतियार खोस्ने प्रयास गरेका थिए।त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर उनीहरूको ज्यान गएको हो। 

Logo