काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवासमा नै भएको वार्तामा केसीलाई १६ औं अनशन बस्ने अवस्था आउन नदिने आश्वासन ओलीले दिए । "/>

बालुवाटार पुगेका केसीलाई ओलीले के भने ?

बालुवाटार पुगेका केसीलाई ओलीले के भने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा नै भएको वार्तामा केसीलाई १६ औं अनशन बस्ने अवस्था आउन नदिने आश्वासन ओलीले दिए ।

प्रधानमन्त्री ओली र डा केसीबीच देशको स्वास्थ्य सेवाको विषयलाई लिएर पनि छलफल भएको थियो।  भेटवार्तामा डा केसीलाई १५ दिनभित्र पूरा गर्ने भनिएको मागलाई सरकारले बेवास्ता गरेको अवगत गराएका थिए।

डा. केसी र सरकारबिच गएको साउन १० गते सहमति भएको थियो । त्यसपछि उनले २७ दिन लामो अनशन तोडेका थिए । तर सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएका बेला डा. केसी र प्रधानमन्त्रीबिच भेटवार्ता भएको हो । 

माग पूरा नभए फेरि अनशन बस्ने जानकारी प्रधानमन्त्रीलाई गराएको डा. केसीले बताए ।

Skip This
Skip This
Logo