मैवाखोलामा पहिरो, एक बेपत्ता

मैवाखोलामा पहिरो, एक बेपत्ता

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ । मैवाखोला गाउँपालिका–६ च्यानडाँडा क्षेत्रमा गएको पहिरोले स्थानीय लाक्पा खाङ्डु शेर्पा (चेप्टे शेर्पा)को घर पुरेको छ ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार घरमा रहेका शेर्पाका तीन नातिनातिनी भने भेटिएका छन् । तीन जनामध्ये एक जना घाइते भएका छन् भने लाक्पा खाङ्डु शेर्पा भने बेपत्ता भएका हुन् । अविरल वर्षाका कारण अहिले बिहान पहिरो गएको थियो ।

गाउँपालिकाले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । उक्त ठाउँको थप अवस्था बुझ्ने र उद्धारका लागि पहल भइरहेको अध्यक्ष वनेमले बताए ।

Logo