‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने नारा सहित सुरु भएको बाल विवाह विरुद्धको सय दिने सञ्चार अभियान शुक्रबार सम्पन्न भएको छ । गएको वैैशाख २३ गते देखि सुरु भएको अभियानमा मुलुकभरका ३ सय भन्दा बढि सामुदायिक रेडियो सहभागी भएका थिए ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), सीआईएन र वल्र्डभिजन इन्टरनेशनल नेपालबीचको सहकार्यमा उक्त अभियान सुरु गरिएको थियो । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष सुवास खतिवडाले बालविवाह विरुद्धको ५ वर्षे अभियान सामाजिक रुपान्तरणको अभियान भएको बताए । उनले बालविवाहमुक्त नेपाल बनाउनु नै सामुदायिक रेडियोको मुख्य उद्देश्य भएको पनि उल्लेख गरे ।
सो अवसरमा वल्र्डभिजन इन्टरनेशनलका निर्देशक पुस्कर खातीले बालविवाह विरुद्धको अभियान सञ्चाल गरेर आफूहरूले सरकारसँग हातेमालो गरेर योगदान पु¥याएको बताए । सय दिने अभियानको क्रममा बालविवाह विरुद्ध राष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद देखी शिक्षक, पत्रकार , विद्यार्थी र सर्वसाधारण गरी ११ हजार भन्दा बढी व्यक्तिको प्रतिबद्धता संकलन गरि प्रसारण गरिएको थियो ।
प्रतिबद्धता जनाउने सबैले आफ्नो क्षेत्रबाट बालविवाह रोक्ने, कानुन निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए । यसैवीच एक वर्ष अघि सुरु भएको बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौँ’ भन्ने नारा सहितको ५ वर्षे राष्ट्रिय अभियानको पनि शुक्रबार एक वर्ष पूरा भएको छ । सो पाँच वर्षे अभियान अझै ४ वर्ष सम्म चल्ने बताइएको छ ।





























प्रतिक्रिया