आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

केन्द्रबिन्दु
69
Shares

कतारले दोहामा हमासका वार्ताकारमाथि इजरायलले गरेको आक्रमणको बारेमा सचेत गराइएको भन्ने अमेरिकी दाबीलाई खण्डन गरेको छ । कतारले विस्फोट सुरु भएपछि मात्र अमेरिकी फोन आएको बताएको हो ।

दोहाको आवासीय जिल्लामा इजरायली आक्रमणमा पाँच हमास सदस्य र कतारी सुरक्षा अधिकारीको मृत्यु भएको समूह र दोहाको गृह मन्त्रालयले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले a राजदूत स्टिभ विटकोफलाई कतारी अधिकारीहरुलाई यस कारबाही अघि नै यसबारे जानकारी गराउन निर्देशन दिएको बताएका छन् ।

उनले हमासलाई वैध लक्ष्यको रूपमा चित्रण गर्दै ‘एक सार्वभौम राष्ट्र र नजिकको सहयोगी’ भित्र भएको आक्रमणलाई प्रत्युत्पादक हुने बताएका छन् । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले विज्ञप्ति जारी गर्दै पूर्व चेतावनी प्राप्त नभएको भन्दै उक्त विवरणलाई पूर्ण रुपमा झुटो भन्दै अस्वीकार गरे ।

उनले भने, “कतारलाई आक्रमणको बारेमा पहिल्यै जानकारी दिइएको भन्ने विज्ञप्ति वितरण भइरहेका छन् । दोहामा इजरायली आक्रमणका कारण विस्फोटको आवाज आएको बेला मात्र एक अमेरिकी अधिकारीको फोन आएको हो।”

Skip This
Skip This
Logo